हत्या आरोपमा एकै परिवारका चार पक्राउ

रुकुम । हत्या आरोपमा एकै परिवारका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १४ गते हत्या गरिएकी त्रिवेणी गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा एकै परिवारका चार जनालाई पक्राउ गरेको हो ।

मृतकका माइला जेठाजु, जेठानी दिदी र माइलाका १५ र १२ वर्षीय दुई नाबालक छोरालाई प्रहरीले पक्रेको छ । मृतककी आमा मनकलीको किटानी जाहेरीको आधारमा चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Back to top button