ओलीको व्यवहारले पार्टी एकताको सम्भावना रहेन : नेपाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यवहार र अभिव्यक्तिले पार्टी एकताको सम्भावना नरहेको बताउनुभएको छ । ओलीले जस्तोसुकै अभिव्यक्ति दिए पनि नेपालले आफ्ना पक्षधर नेताहरुलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो ।

नेता नेपाल पार्टी एकताको पक्षमा रहेकाले आज आयोजित केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागी हुने बारे कुनै निर्णय नगरिएको एक नेताले बताउनुभयो । एकातिर एमालेमा ठाउँ नपाउने र अर्कोतिर लडेर संविधानको रक्षाका लागि प्रतिनिधिसभा जोगाएको अवस्थामा सरकारमा सहभागिता भन्दा पनि संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता आवश्यक भएको बैठकमा सहभागी नेताहरुको भनाई थियो ।

नेता नेपालले सत्तारुढ गठबन्धन र पार्टी एकता दुवै जोगाएर अघि बढ्न खोजेको छ । नेता नेपालले सरकारमा सहभागी भए आफू पक्षधर नेताहरुको सांसद पद खारेज हुने र पार्टी फुटाउन आवश्यक संख्या नपुग्ने भएकाले अप्ठयारोमा परेको स्पष्ट छ ।

Back to top button