ला लिगाको नियमले मेस्सीले टुंग्याए बार्सिलोनासँगको २१ वर्षे यात्रा

काठमाडौं । ला लिगाको आर्थिक तथा संरचनागत नियमले अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लव बार्सिलोना छोड्नुभएको छ । बार्सिलोनाले मेस्सीसँगको २१ वर्षे यात्रा टुंग्याउन निकै कठिन भएको जनाएको हो ।

३४ वर्षीय मेस्सी सन् २००० हजारमा बार्सिलोनामा आवद्ध भएर २१ वर्षसम्म नियमित फुटबल खेलेरबार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गर्नुभएको छ । बार्सिलोनालाई १० पल्ट ला लिगा, चार पल्ट च्याम्पियन्स लिगा, सात पल्ट कोपा डेल रे, ६ पल्ट बेलोन डी ओर अवार्ड ६ पल्ट जिताएका मेस्सीको जुलाई १ देखि सम्झौता समाप्त भएको छ ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई बार्सिलोनामै राख्न गरेको हरेक प्रयत्न ला लिगाको नियमले असफल भएपछि उहाँको यात्रा टुंगिएको हो । बार्सिलोनाले क्लबका लागि मेस्सीको योगदान अविस्मरणीय रहने जनाएको छ । बार्सिलोनाले मेस्सीको उज्वल भविष्यको कामनासमेत गरेको छ ।

Back to top button