सात निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । आविद निर्माण सेवा इनर्बालगायतका सात वटा निर्माण कम्पनी तथा आपुर्तिकर्तालाई सरकारले कालोसूचीमा राख्ने निर्णय गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त फर्महरुलाई एकदेखि दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

एके एण्ड गान्बा कन्स्ट्रक्सन काठमाडौंलाई दुई वर्ष, कालिगंगा निर्माण सेवा पर्वत, इलामको कण्टा निर्माण सेवा, कैलालीको लाटिनाथ कन्स्ट्रक्सन सेवा, उदयपुरको अम्बा सप्लायर्स, सुनसरीको आविद निर्माण सेवा र काभ्रेको बिक्रम खाद्य स्टोरलाई एक–एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

Back to top button