घरको पर्खालले किचिएर कामदारको मृत्यु

झापा । झापा गाउँपालिका २ झापा बजारस्थित एक घर भत्काउने क्रममा घरको पर्खाल ढल्दा किचिएर कामदारको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय रुपेश सिंहको मृत्यु भएको हो ।

स्थानीय बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढल्दा किचिएर घाइते सिंहको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सिंह त्यही घर भत्काउने काम गर्दै आएको प्रहरीले जनायो ।

Back to top button