पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल

काठमाडौं । पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि कार्यदल गठन भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सूचना तथा प्रसारण विभागका २०७५ सालदेखि पुनरावलोकन नभएको न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदल सदस्यमा गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर तथा नेपाल पत्रकार महासङ्घ र सञ्चार उद्यमी एशोसिएसनका तर्फबाट एक÷एक जना प्रतिनिधि सदस्य रहनेछन् । अहिले राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारको न्इूनतम पारिश्रमिक २४ हजार ५ सय रहेको छ ।

Back to top button