कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा बढ्दै गएको कोरोना संक्रमणका कारण साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भोली बैठक बोलाएर परीक्षा बारे निर्णय लिने जनाएको छ । कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

Back to top button