प्रदेश १ सहित तीन प्रदेशमा वर्षाको सम्भावना

विराटनगर । नेपालमा रहेको मनसुनी वायुको प्रभावले आज प्रदेश १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन वटै प्रदेशको केही स्थानमा मेघर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बासिन्दालाई सचेतता अपना महाशाखाले आग्रह गरेको छ । वर्षाले नदीहरुमा वहाव बढ्ने भएकाले बाढी र पहाडी क्षेत्रमा पहिरो जाने जोखिम रहेकाले सर्तकता अपनाउन आग्रह गरिएको हो ।

Back to top button