भारत र चीनबीचको पूर्वी लद्दाखको तनाव अन्त्य

काठमाडौं । भारत र चीनबीचको पूर्वी लद्दाखको तनाव आपसी समझदारीमा अन्त्य गरेको छ । दुबै देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्ताले तनाव अन्त्य गरेको हो ।

उक्त क्षेत्रमा केही समयदेखि दुबै देशका सेनाको तनार्थी तनाव बढेको थियो । दुबै देशका सेनाले अस्थायी संरचना बनाएर आमनसामने थिए । समझदारीपछि दुबै देशका सेनाले अस्थायी संरचना भत्काएर आ–आफ्ना स्थायी ठेगानामा फर्किको बिबिसीले जनाएको छ ।

भारतीय पक्षले जारी गरेको विज्ञप्तिमा यस क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोललाई कडारुपमा निरीक्षण र सम्मान गरिने बताइएको छ ।

कमान्डर लेभलमा भएको यो छलफल गत जुलाई १४ मा भएको शंघाई कोअपरेशन अर्गनाइजेसन सम्मेलनका बेला भारतीय विदेशमन्त्री एस जयशंकर र उहाँको चिनियाँ समकक्षी वाङ यीबीचको वार्तापछि समस्या समाधान भएको हो ।

Back to top button