अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । बंगलादेशले अस्ट्रेलियाविरुद्ध भएको टि–ट्वान्टी सिरिज खेलमा पहिलो पटक सिरिज कब्जा गरेको छ । बंगलादेशको लागि यो ऐतिहासिक जित हो । ढाकामा भएको खेलमा टि–ट्वान्टी सिरिजका लागि हुने भनिएको ५ खेलमध्ये बंगलादेशले क्लिन स्विप गर्दै २ खेल अगाबै सिरिज कब्जा गरेको छ ।

शुक्रबार सम्पन्न तेस्रो खेलमा बंगलादेशले अस्ट्रेलियालाई १० रनले पराजित गर्दै सिरिज जितेको हो । बंगलादेशले दिएको १२७ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११७ रनमा सिमित भयो । अष्ट्रेलियाका लागि मिचेल मार्सले मात्रै ५१ रनको अर्धशतकीय पारी खेल्न सकेका थिए ।

बंगलादेशका लागि सोरिफुल स्लामले दुई, नासुम अहमेद र साकिब अल हसनले समान एक–एक विकेट लिएका थिए । टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । कप्तान मोहम्दउल्लाहले ५२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

अष्ट्रेलियाका लागि नाथन एलिसले टी–ट्वान्टी अन्तर्राष्ट्रियको डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको बन्नुभएको छ । नाथनले अष्ट्रेलियाका लागि खेलेको पहिलो टी–ट्वान्टीमा १९ ओभरको अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका हुन् ।

Back to top button