पार्टीका गतिविधि रोकिदैन : विनोद ढकाल

जसपा उपाध्यक्ष किरण शर्मासहित ४५ जना एमालेमा प्रवेश

सुदिप कोइराला,

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकालले पार्टीका गतिविधिहरु नरोकिने बताउनुभएको छ ।

उहाँले आज नेकपा एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई सधैभरी डेडलक बनाएर राख्न नसकिने बताउनुभयो ।

उहाँले जिवित पार्टीमा बैचारीक मतभेद हुनु स्वभाविक रहेको भन्दै मतभेदकै कारण पार्टीका सम्पूर्ण गतिविधि रोक्न नहुने र नरोकिने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकले हिजो पार्टी सदस्यता नविकरण तथा अधिवेशनलगायतका गतिविधि रोक्न माग गरेको भोलिपल्ट नेता ढकालले निर्धारित गतिविधि अघि बढ्ने बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँदा पनि नेता नेपाल समूहले अनेक गतिविधि गरिरहेको बताउनुभयो । यद्यपी सवै कुरालाई बिर्सेर पार्टी एकतालाई सार्थक बनाउन निरन्तर लागिरहँदा पनि उहाँहरु भने पार्टी गतिविधिलाई रोक्नुपर्ने भन्दै भन्दैहुनुहुन्छ, जुन असम्भव छ ।

नेता ढकालले प्रदेश १ भरी कुनैपनि बहानामा अब गतिविधि नरोकिने स्पष्ट पार्नुभयो । यस्तै पार्टीका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी अब चलायमान भएको र यसका नियमित कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

नेकपा एमाले विराटनगर महानगरकमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जसपा मोरङ उपाध्यक्ष किरण शर्मालगायत ४५ जना एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई पार्टीका प्रमुख अतिथि विनोद ढकाल, प्रदेश कमिटी सदस्य रमेश पोखरेल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलहरुलाई अबिर र खाता लगाएर स्वागत गर्नुभयो ।

नव प्रवेशीहरुलाई महानगर अध्यक्ष सागर थापाले एमाले प्रवेश गरेकाहरुले अब निष्कृय बस्न नपाउने भन्दै संगठन सुदृढिकरण सँगै विकासनिर्माण र जनताका जनजिविकाका सवालमा निरन्तर खबरदारी गरिरहन आग्रह गर्नुभयो । एमाले प्रवेश गर्नेहरु विराटनगर ६ का रहेको वडा इन्चार्ज लालबाबु साहले बताउनुभयो ।

Back to top button