कोरोना महामारीबाट सबै मिलेर पार लगाऔं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर आउने देखिएकोले यसबाट सबै मिलेर पार लगाउनु पर्ने बताउनुभएको छ । उहाँले भिडियो सन्देश माफृत सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले कोरोना नियन्त्रणको भरपर्दो माध्यमा खोप रहेको र खोप लगाउन जाँदा मास्क लगाएर जान आग्ह गर्नुभयो ।

Back to top button