गीत गजलमा जुवा खेलाउने सञ्चालक र प्रहरीसहित १२ जना पक्राउ

विराटनगर । विराटनगर महानगर १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको संगम गीत गजलमा जुवा खेलाइ रहेको आरोपमा सञ्चालक र एक प्रहरीसहित १२ जना जुवाडेलाई प्रहरीले गएराती पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी र मोरङ प्रहरीको संयूक्त टोलीले गीत गजलका सञ्चालक बिमल मुखिया र एक प्रहरीसहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुको जिल्ला अदालतबाट म्याद थप गरेपछि नाम सार्वजनिक गर्ने जनाएको छ ।

जुवा खालबाट प्रहरीले २ लाख ३० हजार बढी रकमसमेत बरामद गरेको हो । विराटनगरमा व्यवसायिक रुपमा जुवा खेलाउने गिरोह पछिल्लो समय सक्रीय रहेकोले प्रहरीले सक्रीयता बढाएको छ ।

Back to top button