योगेश भट्टराईलाई परेको मातृशोकप्रति एमाले अध्यक्ष केपी ओलीद्धारा दुःख ब्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिव योगेश भट्टराईलाई परेको मातृशोकप्रति दुःख ब्यक्त गर्नुभएको छ ।

आज शोक बक्तव्य जारी गर्दै अध्यक्ष ओलीले पार्टी सचिव, संघीय सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

अध्यक्ष ओलीले भट्टराईको निधनले दुखि बनाएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभएको छ । नेता भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको हिजो ९५ वर्षको उमेरमा निधन भएको थियो । उहाँको हिजो नै दाहसंस्कार गरिएको छ ।

Back to top button