विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न एमाले बैठक भोलि

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएको छ । नेकपा एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक भोलि का लागि बोलाएको हो ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने संगठन विभाग सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

एमालेको विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

Back to top button