खड्काको सम्मानमा ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने— क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुर्व कप्तान पारस खड्काको सम्मानमा उनले लगाउने ७७ नम्बरको जर्सी सम्मानका लागि प्रयोगमा नल्याउने निर्णय गरेको छ ।

नेपाली क्रिकेटमा पारसले पुर्याएको योगदानको उच्च सम्मान गर्दै पारसले लगाउने नम्बरको जर्सी प्रयोग नगर्ने भएको हो ।

दुई वर्षअघि कप्तानबाट राजीनामा दिनुभएको पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्नुभएको थियो ।

Back to top button