गीत गजलबाट पक्राउ जुवाडे सार्वजनिक

विराटनगर । विराटनगर महानगर १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको संगम गीत गजलमा जुवा खेलाइ रहेको आरोपमा सञ्चालकसहित पक्राउ परेका १२ जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रदेश १ प्रहरी र मोरङ प्रहरीको संयूक्त टोलीले गीत गजलका सञ्चालक बिमल मुखियासहित १२ जनालाई पक्राउ गरेको हो । विराटनगर ११ का १८ वर्षीय विरेन सहनी, वडा १२ का २६ वर्षीय राहुल सहनी, वडा २ का ३१ वर्षीय भुवन कालाखेती, वडा ११ का ३० वर्षीय राजन पौदार, वडा २ का ४८ वर्षीय दिनेश सत्रा, वडा ८ का ३४ वर्षीय सुवोध पासवानलाई पक्राउ गरेको छ ।

यस्तै, वडा ११ का २२ वर्षीय अजय सहनी, ४० वर्षीय सन्तोष कार्की, वडा १४ का ५१ वर्षीय बलबहादुर कोईराला, वडा ६ का २८ वर्षीय रन्जित सिंह र कटहरी गाउँपालिका १ का ३५ वर्षीय सवध नारायण चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

जुवा ऐन २०२० को कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । जुवा खालबाट २ लाख ३१ हजार २४० रुपैयाँ नगदसमेत बरामद भएको श्रेष्ठले बताउनुभयो ।

Back to top button