कायममुकायम प्रधानसेनापति शर्माले आजबाट कार्यभार सम्हाल्दै

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजबाट कार्यभार सम्हाल्नुभएको छ ।

अनिवार्य अवकाश पाएर भदौ २४ गते पदावधि सकिन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा हिजोबाट घरबिदामा बसे पनि शर्माले आजबाट कार्यभार सम्हालनुभएको हो । शर्मा एक महिनापछि देशको ४४ औँ प्रधानसेनापति बन्नुहुनेछ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गर्नुभएको थियो ।

सेनाभित्र ‘एक्सन म्यान’ का रुपमा चिनिने र युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका शर्मा ब्राम्हण समुदायबाट प्रधानसेनापति बन्ने पहिले ब्यक्ति हुनुहुन्छ ।

Back to top button