नेपाल पक्ष छोडेर एमालेको संस्थापन पक्षमै फर्किए कीर्तिपुरका मेयर र उपमेयर

काठमाडौं । नेकपा विभाजनपछि प्रचण्ड—माधव समूहमा लागेका कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमा बस्ने निर्णय गरेको सार्वजनिक गरेका छन ।

प्रचण्ड—माधव समूहमा रहेर उपाध्यक्ष वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहेका उनिहरुले माधव पक्षले पार्टीप्रति गद्धारी गरेकोले त्यो पक्षमा बस्न नसकेको बताएका छन ।

कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट नेपाल निकट रहेका मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील हुने निर्णय गरेका हुन ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा मेयर महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले अब नेपाल समूहलाई साथ दिन नसक्ने बताउनुभयो ।

Back to top button