एमाले स्थायी कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । आज एकैदिन स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाइएकोमा अब केही बेरमा केन्द्रीय कमिटि बस्ने छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा भएको स्थायी कमिटि बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ ।

त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

Back to top button