उद्यमी महिलाहरुलाई वित्तिय अधिकार सम्वन्धी अभिमूखिकरण

विराटनगर । महिलाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सरकारले प्रदान गर्ने सेवा सुविधामा पहुँच बृद्धि गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन ।

आज उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको महिला वित्तिय अधिकार सम्वन्धी अभिमूखिकरण कार्यक्रम मा सरोकारवालाहरुले महिला उद्यमीका लागि सरकारले ब्यवस्था गरेका सुविधामा महिलाको पहुँच बढाउन सके महिला उद्यमीको सङख्या बृद्धि गर्न सकिने बताएका हुन ।

उनिहरुले यसले महिलाहरुले संचालन गरेको उद्यमको गुणस्तर बृद्धि गर्न मद्धत गर्ने बताएका छन ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले महिलाहरुले स्थानीय शिप र श्रमको प्रयोग गरी संचालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला शसक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने वताउनुभयो ।

उहाले महिलाहरुलाई उद्यमशिलतामा तर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुच सुनिश्चीत हुने वातावरण तयार गर्न सबैको उत्तरदायित्व भएको बताउनुभयो ।

संगठनको आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको वताउदै महिला उद्यमीहरुको व्यवसायिक क्षमता विकासमा कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

व्यवसायका संचालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठायाराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने योजना रहेको समेत लुनियाले बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चार्टड एकाउन्टेन्ट पियूष लुनिया र प्रतिश अग्रवालले महिलाहरुले उद्यमशिलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाहरुको लागि प्रदान गरिएका सेवा तथा सुविधाहरु लगायतका विषयमा जानकारी राख्नु पर्ने वताउनुभयो ।

कार्यपत्रमा सामाजिक, राजनीतिकका साथै उद्यमशिलता विकास, स्वरोजगार तथा आयआर्जन तर्फ पनि महिलाहरुले आफुलाई सशक्त वनाउदै लैजानु पर्ने  प्रस्तुत गरिएको छ ।

कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजु, समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरुका साथै अन्य महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

Back to top button