नौ लाख ९३ हजार नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

जनकपुर । भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई रौतहटको इशनाथ नगरपालिका ४ बाट ९ लाख ९३ हजार नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

धुनषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका ९ का रञ्जित महतो र महोत्तरीको भंगहा नगरपालिका ४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेका उनीहरुलाई सीमामा रोकेर जाँच गर्ने क्रममा एक हजार दरको ९ लाख ९३ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button