एमालेको केन्द्रीय कमिटीमा विधान संशोधन मस्यौदा पेस

काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटीले पास गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गरिएको छ । एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले २३ वटा विषयमा विधान संशोधन गर्न प्रस्ताव पेस गरिएको बताउनुभयो ।

एमालेका संगठन विभाग प्रमुख विष्णु पौडेलले आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पेश गरेका विधान संशोधन प्रस्तावमाथि १० दिनसम्म बहस, छलफल गर्ने ज्ञवालीले बताउनुभयो । केन्द्रीय कमिटीले छलफल गरी पास गरेको विधान संशोधन मस्यौदा भदौ २७ र २८ गते आयोजित विधान महाधिवेशनले पारित गरेपछि कार्यान्वयन हुने उहाँल्े बताउनुभयो ।

Back to top button