बिहीबारदेखि मनसुन सक्रिय हुने,सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी बिहीबारदेखि मनसुन पुन सक्रिय हुने भएको छ ।

बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र बर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बर्षा हुने सम्भावना भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद् राजु प्रधानाङ्गले बिहीबार प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । शुक्रबार, शनिबार प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १,२, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

Back to top button