यूएनएचसीआरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पथरी शनिश्चरे । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर)ले कोरोना संक्रमणबाट जोगिनका लागि आज मोरङको पथरी शनिश्चरे नगर अस्पताललाई ५ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

यूएनएचसीआर प्रतिनिधिले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको उपस्थितिमा १० थान अक्सिजन कन्सन्ट्रेटर, ६ हजार २ सय ३५ थान पीपीइ, ५ हजार २ सय थान एफएफपीटु ननसर्जिकल मास्क, ५ हजार थान सर्जिकल मास्क, १५ हजार थान ग्लोब हस्तान्तरण गरेको हो ।

Back to top button