महिलालाई यौनहिंसा गर्ने न्युयोर्कका गभर्नर

काठमाडौं । महिलालाई यौनहिंसा गर्दै आएको रहस्य खुलेपछि अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्डरु कुमोले राजिनामा दिनुभएको छ ।

अमेरिकी सत्तारुढ दल केमोक्रेटिक पार्टीबाट सन् २०११ देखि निरन्तर गभर्नर रहनु भएको उहाँले ११ जना महिलालाई यौनहिंसा गरेको रहस्य खुलेपछि राजिनामा दिनुभएको हो ।

कुमोले महिलाहरुको इच्छाविपरीत जबरजस्ती चुम्बन गर्ने, गुप्ताङ्गमा हात हाल्ने जस्ता यौनहिंसाका क्रियाकलाप गर्दै आएको न्युयोर्कका महान्यायाधिवक्ता लेतितिया जेम्सले ५ महिना लामो समय लगाएर छानबिन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

Back to top button