मन्त्री पाण्डेले छोडे मुख्यमन्त्री पोखरेलको साथ

बुटबल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेले गएराती राजिनामा दिएर मुख्यमन्त्री शंकर पोखरेलको साथ छोड्नुभएको छ । विपक्षी गठबन्धनले बैशाख ६ गते ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर सरकारमा सहभागी भएका पाण्डेलाई जनता समाजवादी पार्टीले प्रदेश सांसदबाट हटाइसकेको तर उहाँको मुद्दा अदालतमा बिचाराधिन रहेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा साउन १९ गते तेस्रो पटक दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसहित देशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री पोखरेल सामान्य अल्पमतमा पर्नुभएको छ । सत्तारुढ एमालेले विपक्षी गठबन्धनले दत्र्ता गराएको अविश्वास प्रस्ताव असंवैधानिक भएको दावी गर्दै आएको छ । अविश्वास प्रस्ताव र विशेष अधिवेशनविरुद्ध सत्तारुढ दल एमाले सर्वोच्च अदालत पुगेको छ ।

Back to top button