अवैध गाँजा सहित एक जना पक्राउ

विराटनगर । ठुलो मात्रामा गाजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका ७ मा सिटि सफारीमा राखेर गाँजा लैजादै गर्दा प्रहरीले धनकुटा शहिदभूमी गाँउपालिका ५ घर भई सुन्दरहरैचा ५ मा बस्दै आएका २४ बर्षीय ईमान राईलाइ पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ७ केजी ९८४ ग्राम गाँजा र को १ ह ७९८५ नम्बरको सिटि सफारी नियनत्रणमा लिएको जनाएको छ ।

सिटि सफारीमा प्लाष्टिकको झोला भित्र लुकाई राखेको २ केजी ५०० ग्राम गाँजा फेला परेपछि प्रहरीले उनको डेरामा खोजि गर्दा ५ केजी ४८४ ग्राम फोला पारेको हो ।

राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरी जिल्ला अदालत मोरङमा लागु औषध कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Back to top button