एभरेष्ट कलेजले कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने, अन्तिम प्रवेश परिक्षा साउन २९ गते

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले निर्धारीत कोटा भन्दा बढी विद्यार्थी भर्ना नलिने भएको छ । उच्च विद्यार्थी संख्या भन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिने उद्देश्य बोकेको एभरेष्टले निश्चित संख्यामा मात्र विद्यार्थी भर्ना लिने रणनिती अपनाएको हो ।

विज्ञान, व्यवस्थापन, कानुन र होटल व्यवस्थापन (होटल म्यानेज्मेन्ट)मा जम्मा ४२० जना मात्र विद्यार्थीलाई कक्षा ११ मा भर्ना लिने भएको छ । कलेजका प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो, ‘विद्यार्थीको संख्या बढाउने भन्दा शैक्षिक गुणस्तर बढाउने हाम्रो योजना हो ।’

उहाँले निर्धारण गरिएको सिट भन्दा बढी विद्यार्थीलाई भर्ना लिन नसकिने जानकारी दिनुभयो । एउटा कक्षामा ३५ जना मात्र विद्यार्थीलाई अध्यापन गराउने एभरेष्टले विज्ञान संकायका लागि २४५ जना मात्र विद्यार्थीलाई कक्षा ११ मा भर्ना लिने भएको छ ।

यस्तै व्यवस्थापन संकायमा १०५ र कानुन र होटल व्यवस्थापन संकायमा ३५/३५ जनालाई मात्र भर्ना लिने एभरेष्ट कलेजले जनाएको छ । यसका लागि हालसम्म ८२३ जना विद्यार्थीले प्रवेश परिक्षा दिइसकेका छन् ।

ति मध्ये उत्तिर्ण भएका ५१ जना विद्यार्थीले व्यवस्थापन तर्फ र विज्ञानतर्फ ११५ जनाले कक्षा ११ का लागि भर्ना गरिसकेको र भर्ना गर्ने क्रम चलिरहेको कलेज प्रशासनले जानकारी दिएको छ ।

विद्यार्थी र अभिभावकको चाहना अनुशार एभरेष्टमा अध्ययन गर्न चाहने र अनलाईन फारम भरेका विद्यार्थीका लागि अन्तिम पटक यहि साउन २९ गते प्रवेश परिक्षा लिइने कलेजले जनाएको छ ।

अनलाईनका माध्यमबाट लिइने प्रवेश परिक्षा २९ गते विहान ९ बजेदेखि सञ्चालन हुने बताइएको छ । विश्वस्तरीय भौतिक संरचना र विश्वस्तरीय शिक्षण सिकाई को अवधारणलाई आत्मसाथ गर्दै आएको एभरेष्टले गरेको भौतिक संरचना निर्माणमा गरेको लगानी र शैक्षिक वातावरणका कारण पछिल्लो समय एभरेष्ट अभिभावक र विद्यार्थीको पहिलो रोजाई हुने गरेको छ । हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको एभरेष्टले खेलकुद र अतिरिक्त कृयाकलापका लागि बनाएका संरचनाले थप मोहित बनाएको छ ।

Back to top button