रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईद्धारा राजीनामा (राजीनामा पत्र सहित)

विराटनगर । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । राजीनामा पत्रमा गगटे सरकारको जनविरोधी काममा सहयात्री नहुने भन्दै भट्टराईले आज पदबाट राजीनामा दिनुभएको हो।

भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका नेताहरुले पदीय जिम्मेवारीभन्दा बाहिर गएर असान्दर्भिक विषय जोड्दै मौलिक हक र वाकस्वतन्त्रता कुण्ठित गर्ने ढंगले आफुलाई सफाइ पेश गर्न निर्देशन दिएकाले राजीनामा गरेको बताएका छन् ।

सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उहाले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएको बताउनुभएको छ ।

 

Back to top button