चरिकोट बजारमा निषेधाज्ञामा कडाइ, औषधि पसल बाहेक सम्पुर्ण व्यापार ब्यवसाय बन्द

सुजन काफ्ले
दोलखाको सदरमुकाम चरिकोटमा आज बाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला भित्र पछिल्ला केही दिनमा कोरोना सङ्क्रमण दर उच्च रुपमा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले २७ गते राती १२ बजे देखि असोज २ गतेसम्म भिमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ पुर्ण रुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
निषेधाज्ञा गरे सगै बिहिबार बिहान बाट नै चरिकोट बजार पुर्ण रुपमा बन्द भएको छ।
बजारमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ। बजारमा निजि सवारी चलाउन समेत कडाइ गरिएको छ।
औसधि बाहेकका सबै पसल बन्द भएका छ्न। गाउँ गाउँ बाट आएका लामोदुरीका सवारीसाधन चले पनि बजारमा यात्रु ओराल्ने र चडाउने काम बन्द गरिएको छ।
प्रशासनले २ गतेसम्म चरिकोट बजारका सम्पुर्ण बैक सहकारी लगायतका बित्तीय संस्थाहरु समेत बन्द गर्ने निर्णय गरे सगै सम्पुर्ण कार्यालयहरु बन्द भएका छन। चरिकोटमा रहेका सरकारी कार्यालयहरु आलोपालो रुपमा सन्चालन गरिएको छ।

चरिकोट बजारमा १ दर्जन भन्दा बढी पसल ब्यवसायहरु कोरोना सङ्क्रमण देखिपछि केही दिन देखि ति ब्यवसाय बन्द छन।

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ५० पुगेको छ। प्रतिदिन सङ्क्रमितको सङ्ख्या ५० को हाराहारिमा रहेको छ।

Back to top button