युवा दिवस आज मनाइँदै

काठमाडौं । संसारभरि आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइरहेको छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यस वर्ष नेपालमा पनि युवा दिवस मनाइरहेको हो ।

राष्ट्रिय युवा परिषदले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिने कार्यक्रम तय गरिएको छ । ४३ दशमलव ३ प्रतिशत युवा रहेको नेपालमा २०७२ मा सरकारले युवा परिषद गठन गरेपछि २०७३ देखि युवा दिवस मनाउन थालेको हो ।

Back to top button