दलित युवकलाई डोरीले बाँधेर कुट्ने वडाध्यक्ष नेपाली धरौटीमा रिहा

सुर्खेत । दलित युवलाई डोरीले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका २ का वडाअध्यक्ष रामबहादुर नेपाली ५ हजार धरौटीमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले छाडेको छ ।

नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध थिए । चौतर्फी आलोचना भएपछि नेपालीलाई प्रहरीले पक्राउ गरी साउन २१ गते पक्राउ गरी सदरमुकाम खलङ्गा पु¥याइएको थियो ।

पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।
पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए।

यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।

Back to top button