पथरी शनिश्चरेद्धारा सुरक्षावासमा पठाइएका नागरीकको अबस्था अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिकाले हिसा तथा विभिन्न समस्यामा परेर सुरक्षावासका विराटनगरका विभिन्न सस्थामा राखिएका नागरीकको अबस्था अवलोकन गरेको छ ।

उपमेयर यमुना विष्ट बास्तोलाको नेतृत्वमा आएको टोलीले सुरक्षावासका लागि पठाइएका नागरिकको अवस्था र आवश्यकताको विषयमा अनुगमन गरी जनप्रतिनिधी र सस्थाका प्रतिनिधीसंगछलफल गरेको छ ।

नगरपालिकाले नगरक्षेत्र भित्रबाट दश जनालाई विभिन्न सस्थामा सुरक्षावास र पुनरस्थापनाका लागि पठाएको थियो । टोलीले विराटनगरमा रहेको मानवसेवा आश्रम, माइती नेपाल, ओरेक नेपालको सुरक्षावासमा गई अनुगमन गरेको हो । टोलीले अनुगमनका क्रममा उनिहरुको अबस्थामा परिवर्तन आई दैनिकी फेरिएको पाइएपछि सस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।

टोलीले सामाजिक विकास मन्त्री उषाकला राईलाई हिसामा परी सुरक्षावासमा पठाइएका महिलाको क्षमता विकास र पुनस्र्थापनामा थप सहयोग पुर्याउन अनुरोध गरेको छ ।

उपमेयर सहित महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, न्यायिक समितिका उजुरी प्रशासक विश्वमणि निरौला सहितको टोलीले ५ वटा संस्थामा पुगी आफ्नो नगरका र अन्य पालिकाका उद्धार गरिएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारी लिएको हो ।

Back to top button