सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्ड तयार भएनन – देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नमानेपछि नराखिएको बताउनुभएको छ ।

सरकारको साझा कार्यक्रममा एमसीसी बारे नवोलेको विषयमा प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गरीरहेको सन्दर्भमा प्रधानमन्त्री देउवाको यस्तो भनाई आएको हो ।

काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको खुलासा गर्नुभएको हो ।

भेलामा पार्टी उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएपछि जवाफ दिदै प्रधानमन्त्री देउवाले आफूले समाबेश गर्न चाहेको भएपनि प्रचण्डले नमानेको कारण र राख्न नसकिएको बताउनुभएको हो ।

Back to top button