चट्याङले ८० वटा कुखुरा मरे

विराटनगर । मोरङ रतुवामाई नगरपालिका ३ मा परेको चट्याङका कारण ८० बटा कुखुरा मरेका छन ।

राजु ताजपुरियाले संचालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा कुखुराहरु मरेका हुन ।

गए राती पानीसगै परेको चट्याङबाट कुखुरा मर्दा ४० हजार बराबरको क्षती भएको ताजपुरियाले बताउनुभयो ।

Back to top button