इटहरी । जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ ।
सुनसरी कोशी गाऊपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै आक्रमण गर्दा खत्वेको मृत्यु भएको हो ।
प्रहरी र स्थानीयवासीले हात्तीलाई जंगल तर्फ लखेटिएको छ । शवलाई पोृष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।