भिरबाट लडेर एकजनाको मृत्यु

उदयपुर । उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो पुवारे भंज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको शव फेला परेको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

Back to top button