काठमाडौं । प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
उनिहरुको तत्काल स्वदेश फिर्तीको ब्यवस्था शुरु नगरे सरकारलाई काम गर्ने नदिने चेतावनी दिनुभएको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउनुपर्ने बताउदै यसको तुरुन्त ब्यवस्थापन गर्न माग गर्नुभएको हो ।
अधिकारीले फगानिस्तानमा तालिबानले आक्रमण गरीरहेका कारण मानिसहरु मरिरहेको र असुरक्षित भइरहेकोले आफ्ना नागरीकलाई तत्काल फिर्ता ल्याई जिवन रक्षा गर्नुपर्ने बताउनुभयो ।