इटहरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ ।
अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतमा पदाधिकारीले भ्रष्टाचार गरेकोले छानविन हुनुपर्ने भन्दै आन्दोलन भइरहेको थियो ।
यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।
भ्रष्टाचार मौलाउनुमा प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी लगायतको मुख्य भुमिका रहेको भन्दै आन्दोलनरत पक्षले छानविनको माग गर्दै आएको थियो ।