राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गरी बोर्डमा पठाएको हो । अहिले केहीबेरमा बस्न लागेको बोर्डको बैठकले मौद्रिक नीति स्विकृत गरेपछि साँझ ४ बजे सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

साउन पहिलो साता ल्याउने मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भएको हो । नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने तथा श्वेतपत्र ल्याउने बताएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति रोक्नु भएको थियो ।

सरकारले ल्याएको अर्थ सचिव मधु मरासिनीले राष्ट्र बैंक सञ्चालकको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्माले मंगलरबार संसदमा श्वेतपत्र पेश गरेपछि मौद्रक नीति ल्याउन लागेको हो ।

मौद्रिक नीतिलाई उद्योगी व्यवसायीहरुले महत्वका साथ प्रतिक्षा गरिरहेका छन् । कोरोना महामारीले थिलथिलो बनेको अर्थ र कोरोनाको तेस्रो लहर आउने अनुमानका बीच राष्ट्र बैंकले आर्थिक पुनरुत्थानका लागि अघिल्लो मौद्रिक नीतिमा दिएको सहुलियतलाई निरन्तरता दिने नदिनेमा उद्योगी व्यवसायीहरुको चासो छ ।

Back to top button