यो सरकारको आयु बैशाख सम्म : हृदयेश त्रिपाठी

बुटबल। पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बैशाख सम्म भएको बताउनुभएको छ ।

उहाले यो सरकार धेरै नटिक्ने बताउनुभएको हो ।

पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उहाले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आएको बताउनुभएको हो ।

सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले पुष्टि गरेको उहाको भनाई छ ।

संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

Back to top button