आफ्ताव आलमको मुद्धा आज ‘हेर्न नमिल्ने’

काठमाडौं । आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको आलमको निवेदन आज ‘हेर्न नमिल्ने’ हुदै सुनुवाई सरेको हो ।

२०६४ चैत २७ रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलमलाई थुनामा राख्न भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत गएपछि आजका लागि तोकीएको सुनुवाई सरेको हो ।

इँटा भट्टामा राखेर मजदुरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेश दिएको थियो । जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा आलमको तर्फबाट मुद्धा परेको थियो ।

२०६४ सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट ‘पेशेवर गुण्डाहरु नेपाल ल्याइ विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोट भएपछि घाइते मजदुरलाई भट्टामा जलाएर हत्या गरेको’ अभियोग छ ।

मृतकका परिवारको जाहेरीपछि तत्कालीन केपी ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थियो।

Back to top button