एमसीसी खारेज गर्न सांसद पालको माग

काठमाडौं। नेकपा एमालेकी सांसद निरुदेवी पालले अमेरिकी सहयोग एमसीसी सम्झौता खारेज गर्न माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको शून्य समयमा बौल्दै सांसद पालले एमसिसी सम्झौता राष्ट्रघाती भएकोले खारेज गर्नुपर्ने बताउनुभएको हो ।

एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाझिएको र यो बाझिएको खण्डमा स्वत नेपालको संविधानमा उल्लेखित कानुन लागू हुनु पर्ने होइन ? भन्ने प्रश्न गर्दै सांसद पालले यो सम्झौता खारेज गर्न यो पर्याप्त आधार भएको बताउनुभयो ।

‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ’उहाँले भन्नुभयो–‘विकासका लागि वाह्रय शक्तिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुने छैन ।’

Back to top button