क्रियाशील सदस्यतामा विवाद छैन भने नियमित महाधिवेशन गराउन कोइरालाको चुनौति

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले भने जस्तो क्रियाशील सदस्यतामा विवाद नभएको भए नियमित महाधिवेशन गर्न चुनौति दिनुभएको छ ।

‘सभापति ज्यूले भन्नुभए जस्तो क्रियाशील सदस्यतामा विवाद छैन भने नियमित महाधिवेशन गराउन कस्ले रोकेको छ ?,’ उहाँले भन्नुभयो, ‘त्यस्तो हो भने पार्टी कार्यलयलाई छोडेर सभापति ज्यूको घरमा किन केन्द्रीय कार्य समितिको बैठक बस्नु परेको छ ?’

यति धेरै दिन बितिसक्दा पनि मन्त्रिपरिषद बिस्तार नहुनु प्रधानमन्त्रीको कमजोरी भएको कोइरालाले बताउनुभयो । पार्टीका काममा अल्मलिएर प्रधानमन्त्रीलाई सरकारको काम प्रभावित भएको उहाँको भनाई थियो ।

Back to top button