डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको जहदा गाँऊपालिका– ३ जयरामपुरका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय रबिया ऋषिदेवको १० वर्षीय छोरा गोलु ऋषिदेवको स्थानीय खद्रा खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो बेलुका ५ बजे तिर साथीहरुसँग खोलामा पौडी खेल्न गएका गोलु डुबेर घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले बालकको उद्दार गरि उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको थियो ।

यद्यपी अस्पताल ल्याउनासाथ बालक गोलुको मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button