क्रिकेटको विकासमा सहयोग गर्ने प्रधानमन्त्री देउवाद्वारा पूर्व कप्तान खडकालाई बचन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई क्रिकेटको विकासका लागि सहयोग गर्ने बचन दिनुभएको छ ।

खड्काले प्रधानमन्त्री देउवालाई आज भेट्न बालुवाटार पुग्नु भएको थियो । देउवाले खड्कासँगको फोटोसहित ट्विट गरेर क्रिकेटमा ठूलो सपना देख्न प्रेरित गरेकोले खड्कालाई धन्यावद तथा शुभकामना दिनु भएको हो ।

‘नेपाली क्रिकेटले दुई दशकमा हासिल गरेका सफलता नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले लेख्नुहुन्छ, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

खड्काले पनि ट्विटरमार्फत नै प्रधानमन्त्री देउवालाई जवाफ दिदै लेख्नुहुन्छ, ‘सम्माननीय प्रधानमन्त्रीले आगामी दिनमा नेपाली क्रिकेटको वृद्धि र विकासमा सहयोग गर्ने आश्वासन दिनुभएकोमा धन्यबाद । ’

Back to top button