पहिरोले पुरिएर तीन जनाको मृत्यु

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्तीमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । ताम्तीमा फोन सम्पर्क हुन नसकेकोले मृत्यु भएका एक महिला र दुई पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कायाृलय जुम्लाले जनाएको छ ।

जडिबुटी लिएर पाटनबाट घर फर्कदै गरेको बेला बाटोमा खसेको पहिरोमा पुरिएर उहाँहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button