कांग्रेस केन्द्रीय कार्य समितिको बैठक चलिरहेको बेला नेताहरुको छुट्टै छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक चलिरहेको बेला नेताहरु छुट्टै छलफलमाा व्यस्त हुनुभएको छ । बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवासमा बाहिर केन्द्रीय कार्य समिति बैठक चलिरहेको बेला नेताहरु भित्र गोप्य बैठकमा जुटेको हो ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, मीनेन्द्र रिजाल, रमेश लेखकलगायतका नेताहरु गोप्य छलफलमा जुटेको एक नेताले बताउनुभयो ।

पार्टीको १४ औं महाधिवेशनको कार्य तालिका सार्वजनिक गर्न तीन दिनदेखि चलिरहेको केन्द्रीय कार्य समिति बैठक बीचमै छोडेर शिर्ष नेताहरु गोप्य छलफलमा जुट्नुभएको हो । यसअघि कांग्रेसले भदौ १६–१९ गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो तर क्रियाशील सदस्यता विवादले निर्धारित समयमा महाधिवेशनको प्रक्रिया सुरु हुन नसकेकोले कार्य तालिका परिवर्तन गर्न केन्द्रीय कार्य समिति बैठक चलिरहेको छ ।

Back to top button