पाँच महिनाको फरकमा लगाउँदा पनि कोरोनाविरुद्धको खोपको प्रभावकारी

काठमाडौं । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकहरुले लामो समयपछि अहिले दोस्रो डोज खोप लगाइरहेका छन् ।

दोस्रो डोज खोप लगाइरहेका ज्येष्ठ नागरिकहरु खोपको प्रभावकारिता बारे आशंका व्यक्त गरिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयको अन्तरालमा पनि कोरोनाविरुद्धको खोप लगाउँदा प्रभावकारी हुने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिशिल्ड लगाएको ५ महिनापछि अहिले लगाइरहेको दोस्रो डोजको प्रभावकारितामा कुनै नकारात्मक विषय नभएको स्पष्ट पार्नुभएको छ । फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका साढे १४ लाख ज्येष्ठ नागरिकहरुलाई पहिलो डोज खोप लगाएको साढे पाँच महिनापछि दोस्रो डोज खोप लगाइरहेको छ ।

Back to top button